राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छः प्रधानमन्त्री

डिसी नेपाल
४ कार्तिक २०८१ १८:४८
12
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रविन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए।

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेका सहयोगी सबैलाई धन्यवाद दिए।

सो अवसमा कोषमा नेपाल आयल निगमबाट रु तीन करोड, युनिलिभर कम्पनीबाट रु ३० लाख (यसअघि रु २० लाख दिइसकेको), माछापुछ्रे बैँकबाट रु २५ लाख र पूर्वराष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु एक लाख हस्तान्तरण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *