अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले अस्ट्रेलियाका लराउण्डर बेन कटिंगलाई भित्र्याएको छ। ३७ बर्षीय अलराउन्डर कटिंगलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको हो।
बेन लुम्बिनीले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन्। यसअघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई अनुबन्ध गरेको थियो। लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल रहेका छन्।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ।
अहिले सम्झौता भएका खेलाडी:
काठमाडौँ गुर्खाज
– नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लाइन्स
– इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
– अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
– न्यूजील्याण्डका जिम्मी निशाम
– अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
– वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
– नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
– अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
– पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
– ओमानका कप्तान आकिब इलियास
कर्णाली याक्स
– पाकिस्तानका अल राउण्डर हुसैन टलात
चितवन राइनोज
– दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
-इङल्याण्डका लुक बेनकेनस्टिन
No ads found for this position


डिसी नेपाल
Facebook Comment