नेपाल र स्कटल्यान्ड भिड्दै: करण र भीमले खेल गुमाउने

डिसी नेपाल
१९ कार्तिक २०८१ २१:०२
216
Shares

काठमाडौं। आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुनेछ। उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यही शृङ्खलाको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो। त्यसैगरी अमेरिकासँग भने नेपाल तीन विकेट र ३७ रनले पराजित भएको थियो।

यता स्कटल्यान्ड तेस्रो जित दर्ता गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ। स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेट र ७१ रनको जित निकालेको थियो ।

आजको स्कटल्यान्डविरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याटर भीम सार्कीले नखेल्ने भएका छन्। दुवै जना खेलाडीलाई चोट लागेका कारण स्कटल्यान्डविरुद्धको खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

क्यानका अनुसार उनीहरुको स्थानमा ब्याटर देव खनाल र तीव्र गतिका बलर सागर ढकाललाई टोलीमा समेटिएको छ। लिग–२ मा नेपाल ११ खेलमा पाँच अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ। त्यस्तै स्कटल्यान्ड १० खेलबाट १३ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *