कविता : नेपालमा क्रान्तिको लहर

शंकरप्रसाद रिजाल
२४ कार्तिक २०८१ ७:१४
104
Shares

क्रान्तिको बिकुल फुकिएको छ नेपालमा
जताततै आन्दोलन चर्किएको छ यो देशमा

सत्ताको एकलौटीले देश बरबाद भइगयो
लोकतन्त्र बन्यो यन्त्र लोभ मोह बढी गयो

लुटिए जनता देशमा भ्रष्ट सहकारीको नाममा
लुटिए जनता फेरि त्यो भ्रस्ट लघुवित्तको नाममा

एक्लिए जनता सारा उद्योग कल कारखानमा
गए सबै युवानेता दौडी दौडी पर बिदेशमा

चर्को नारा उठेको छ देशको सडक सडकमा
युबा शक्ति जुटेकाछन् दिनहुँ आन्दोलनमा

उठे युबा लुके नेता आ-आफ्नो घर घरमा
बढे युबा बढे जनता अगाडि सिंह दरवारमा

थुती नेता फाल्ने दिन आयो अब यो देशमा
क्रान्तिको शंख फुकियो अब भ्रष्टको बिरोधमा

रोकिन्न अब यो क्रान्ति सारा युवा जुटे भने
छेकिन्न अब यो नारा सबै नेता लुते बने

लुगा फुकाई जो हिँड्छन् अभियन्ता अग्रणी बनी
तिनै युवाहरु बनेकाछन् देश प्रेमीका धनी

हुरी बतासको वास्ता नगरी सबै लागीपरौं अब
क्रान्तिको हुन्कारको ज्वाला उठ्छ सबैमा जब

बसी के पो गर्नु छ देश खोक्रो बनिसक्यो
पैसाको लोभ तेर्साई बिदेसीले देस किनिसक्यो

अनेक काण्डको थुप्रो बनिसक्यो नेपालमा
सयौं भ्रष्टाचारको पहाड भइ सक्यो देशमा

एमसीपी अमेरिकनले देश भित्र्याइ सक्यो
टाढा गाँउहरुमा बूट पश्चिमाले बजारीसक्यो

सबै नेपालीलाई बिदेसीले छोपी सक्यो
नेपाली गोर्खेली टोपी कता कता हराइसक्यो

नेताको अधुरो बुद्धिले देश निर्धो बनिसक्यो
सारा बिदेशमा हाम्रो काम नाम बिकिसक्यो

अब “अतिभो” भन्दै क्रान्ति जन्म्यो यो देशमा
सारा युवा जुटेका छन् यो ठूलो आन्दोलनमा

लौन अब सबै जुटौं यो पवित्र अभियानमा
नयाँ युग झुल्किनेछ यो युवाको बरियातमा

सबै देशप्रेमी जुटौं एक भइ यो देशमा
अस्ताएको सूर्य फेरि त्यो झुल्किन्छ नयाँ बिहानीमा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *