साउदी लिगमा अल हिलाल अपराजित
काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
अल हिलालको जितमा अलेक्जेन्डर मिट्रोभिक, माल्कम र मोहमद अल क्व्हटानीले एक एक गोल गरेका थिए।
त्यस्तै अल इत्तिफाकका लागि एक गोल भिक्टर सान्तोसले गरेका थिए। यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा अल इतीफाकका अब्दुल्लाह राडिफले रातो कार्ड पाएका थिए।
यो जितपछि अल हिलालको १० खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ। त्यस्तै अल इत्तिफाकको १० खेलमा ११ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment