भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा

डिसी नेपाल
२५ कार्तिक २०८१ ११:१८
92
Shares

काठमाडौं। भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ। अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस सिरिजका लागि १३ खेलाडीको टोली घोषणा गरेको छ।

अस्ट्रेलियाले भारत विरुद्धको टेष्ट खेलका लागि दुई अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ।

दुई टोलीबीचको पहिलो टेष्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ। अष्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनर ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ।

यो सिरिज र विशेषगरी पहिलो खेल भारत र अष्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ। किनभने पहिलो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अंकका लागि खेलिएको खेलमध्ये एक हो। विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ।

भारतीय टोली अष्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ। यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ३-० ले गुमाएको थियो।

यस्तो अवस्थामा अस्ट्रेलियामा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो भने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ ।

अष्ट्रेलियाको टिम- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उसमान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स केरी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्विनी र मिचेल स्टार्क ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *