फ्रान्स र इजरायलबीचको खेलमा सुरक्षा बढाइयो

डिसी नेपाल
२५ कार्तिक २०८१ २१:३२
96
Shares

पेरिस। पेरिसको स्टेड डे फ्रान्समा बिहीबार हुने फ्रान्स र इजरायलबीचको नेसन्स लिग खेलका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।

पेरिस प्रहरी प्रमुख लरेन्ट नुनेजले यस खेललाई उच्च जोखिमयुक्त भनी रंगशाला वरिपरि, सार्वजनिक यातायात र पेरिसमा चार हजार पुरुष सैनिकलाई परिचालन गरिने जानकारी दिए।

यो खेल अजाक्सविरुद्ध म्याकाबी तेल अभिव खेल लगत्तै हुँदैछ। यस साताको मध्यमा एम्स्टर्डामका सडकहरू हिंसामा परिणत हुँदा तेल अभिवका फ्यानहरूलाई ट्र्याक गरि पिटिएको थियो।

‘राष्ट्रिय प्रहरीको एउटा विशिष्ट एकाइले पनि इजरायली टोलीको सुरक्षा गर्नेछ’, नुनेजले भने, ‘भू–राजनीतिक सन्दर्भ अत्यन्तै नाजुक छ।’

उनले कार्यक्रम अघि र पछि कुनै पनि अव्यवस्थाप्रति शून्य सहनशीलताको नीति अपनाउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *