लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

डिसी नेपाल
२६ कार्तिक २०८१ ७:४१
44
Shares

काठमाडौं। म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र अलेज्नाद्रो गार्नाचोले एक एक गोल गरेका थिए भने एक गोल लेस्टरका भिक्टर क्रिस्टियनसेनले आत्मघाती गोल गरेका थिए।

यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा चौथो जित हो। ११ खेलमा १५ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड लिगको १३औ स्थानमा रहेको छ।

त्यस्तै लेस्टर सिटीको भने ११ खेलमा १० अंक रहेको छ र लिगमा १५औ स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *