कम्बोडियामा ओलीको लगानी प्रमाणित गर्न दरबारमार्गबाट एमालेको चुनौति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लागनी प्रमाणित गर्न चुनौति दिएका छन्।
दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्षमाथि गलत प्रचार गरिएको बताउँदै लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए।
‘एमालेले भ्रष्टाचार गर्दैन र गर्न पनि दिँदैन। पार्टी अध्यक्षमाथि भएको प्रहार चुपचाप सहेर पनि बस्दैन,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment