एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
काठमाडौं । भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।
नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन्। उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
कर्णालीका अन्य विदेशी खेलाडीमा हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन्। उनीहरू तीनैजना नेपाल आइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment