एनपीएल : आजको पहिलो खेलमा कर्णाली र लुम्बिनी भिड्दै

डिसी नेपाल
२८ मंसिर २०८१ ७:२४
112
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान एक खेल अगाडि नै प्ले अफबाट बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार बिहान ९ बजे सुरु हुनेछ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौडमै रहेको कर्णालीका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने लुम्बिनी अन्तिम खेलमा सान्त्वना जित निकाल्न चाहन्छ। एनपील तालिकामा कर्णाली ६ अंकसहित चौथो स्थानमा छ। समान अंक भएको चितवन रनरेटको आधारमा तेस्रो स्थानमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ। एनपीएल अन्तर्गत शुक्रबार दिउँसो विराटनगर र चितवन भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *