स्थानीय निकायलाई अधिकार प्रदान गर्नमा स्व सिंहको अतुलनीय योगदान: कामपा

डिसी नेपाल
१ पुष २०८१ २२:५७
32
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पिएल) सिंहको अतुलनीय योगदान रहेको जनाएको छ।

आज निधन भएका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा कामपाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डङ्गोलले उनको योगदानको स्मरण गरेका हुन्। स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उनीहरुको भनाइ छ। “प्रजातन्त्र पुनःस्थापना पछि भएको स्थानीय निर्वाचनबाट काठमाडौं नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो”, महानगर प्रमुख शाहले भने।

चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै प्रमुख शाह र उपप्रमुख डंगोलले पूर्वप्रमुख सिंहको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिन्।

विसं १९९६ चैत ११ गते जन्मिएका सिंहको पेटमा अल्सर भएपछि गतवर्ष शल्यक्रिया गरिएको थियो। उनको कार्यकालमा घोषणा भएको महानगर ३०औँ वर्ष प्रवेश गरेको अवसरमा उनलाई गत मङ्सिर २९ गते कामपाले सम्मान गरेको थियो। स्वास्थ्य प्रतिकूलताका कारण सम्मान ग्रहण गर्न समारोहमा आउन सकेका थिएनन्। स्व. सिंहले ३०आँै महानगर दिवसमा शुभेच्छा भने प्रकट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *