अन्तर्राष्ट्रिय नेपाली समाजको ४औं अधिवेशन हुँदै

डिसी नेपाल
२४ पुष २०८१ १९:१९
120
Shares

दाेहा। नेपाल समाजवादी पार्टीको प्रवास भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको ४औं अधिवेशन हुने भएको छ।

“समृद्धि सम्भव छ, हाम्रै पालामा” भन्ने मुल नारा लिएर कतारमा २०१६ मा स्थापना भएको डाक्टर बाबुराम भट्टराई नेतृत्वको विदेशस्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दश जनवरी शुक्रबार दिन दोहाको सनैयामा अधिवेशन गर्न लागेको छ।

उक्त अधिवेशन सफल बनाउन डाक्टर भट्टराईले विद्युतीय माध्यामबाट शुभकामना दिने प्रबक्ता ध्रुव क्षेत्रीले जानकारी दिएका छन्।

भट्टराई निकट संगठनले दोहामा स्थापित संघसंगठनका प्रमुखहरू सबैलाई पत्राचार गरिसकेको जनाएको छ भने कार्यक्रम वेलफेवेर रेस्टुरेन्टको सभाहल सनैया प्लाजा महलमा दिनको १२ बजे देखि सुचारु हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *