राजेश खनालको ‘चिकित्साका चौध तारा’ लोकार्पित

डिसी नेपाल
२८ पुष २०८१ १३:३२
28
Shares

काठमाडौं। बाह्रखरीकर्मी राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ एक समारोहकाबिच दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले लोकार्पण गरे।

शनिबार चाबहिल मित्रपार्कस्थित डा. लाल दासको निवासमै आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै १०१ वर्षीय प्रमुख अतिथि डा. दासले खनालको यो पुस्तकले पहिलेका चिकित्सकहरूले त्यो समयमा कसरी काम गरेका थिए भन्ने कुरा दर्शाउने बताए।

कार्यक्रममा बोल्दै डा. लाल दासले आफ्ना पुराना दिनहरूको सम्झना गर्दै तिनताक बिरामीको उपचार कसरी गरिन्थ्यो भन्ने विषयमा बोले।

साहित्यकार तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कृतिमा वरिष्ठ चिकित्सकहरूको जीवनी समेटिएको बताए। बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले कृतिकार खनाल र पुस्तकको चर्चा गरे।

काठमाडौं महानगरपालिका वडा नंं. ७ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष विमलकुमार होडा, समाजसेवी अरुणसिंह बस्नेत, लेखक राजेश खनाल र साहित्यकार देविका तिमिल्सिनाले बोलेका थिए।

खनालको यस पुस्तकभित्र चौध जना वरिष्ठ चिकित्सकहरू डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितको व्यक्तिवृत्त समेटिएको छ।

पुस्तकभित्र दुई अग्रज चिकित्सकहरू डा. अञ्जनीकुमार शर्मा र डा. बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरणसमेत राखिएको छ। रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *