अन्तर्राष्ट्रिय नेपाली समाजको क्यान्सर पीडितलाई सहयोग

डिसी नेपाल
१ माघ २०८१ २०:००
36
Shares

दोहा। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पीडित सीता रावललाई आर्थिक सहयोग गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्कबहादुर बुढाका अनुसार नेपाली रुपैया २९,२६४ सहयोग रकम पठाई सकिएको छ।

क्यान्सर पीडित रावलको भारतको अहम्दावादस्थित सिभिल क्यान्सर अस्पतालको आईसीयूमा लामो समयदेखि उपचार भैरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगको लागि सो रकम संकलन गरेको अन्तर्राष्ट्रिय नेपाली समाज, कतारका सचिव लेकेन्द्र कार्कीले जानकारी दिए।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीले संगठनले पहिलेदेखि नै राहत तथा सहयोगहरु गरिरहेको बताए। उनका अनुसार संगठनले भैपरी आउने समस्याहरु र यस्ता सहयोग कार्यक्रमहरुमा सधै अग्रसर हुने गरेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *