स्कटल्याण्डमा पहिलो पटक तामाङ समुदायले मनाए सोनाम ल्होछार

डिसी नेपाल
२३ माघ २०८१ ७:५१
100
Shares

स्कटल्याण्ड। स्कटल्याण्डमा पहिलो पटक तामाङहरुले सोनाम ल्होछार मनाएका छन्। २८६१ औ डुल ल्हो (सर्प वर्ष)अवसरमा आयोजित ल्होछार शुभकामना आदानप्रदान तथा ल्होछार सङ्गीतिक कार्यक्रमा तामाङ समाज युके स्कटल्याण्ड शाखाले आयोजना गरेको हो ।

द रोयल ब्रिटिश लिगनामा करिव २५० जना भन्दा बढी नेपालीहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा नेपालबाट आएका वरिस्ठ गायक, सर्जक तथा सङ्गीतकार चन्द्रकुमार दोङले छमछमी नाचाएका थिए।

लन्डन स्थित नेपाली राजदूताबासका परियोजना नियोग प्रमुख विपिन दवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। उनले ल्होछारको शुभकामना व्यक्त गर्दै स्कटल्याण्ड राजदुताबास भौगोगिक हिसावले टाढा रहेतापनि नेपालीहरु हर कुराहरुमा साथमा रहेको र कुनैपनि अप्ठ्याराे र असहज परिस्थितिमा नेपालीहरुको साथमा रहेको बताए ।

त्यसैगरी एनआरएनए स्कटल्यण्डका अध्यक्ष दिवाकर पाण्डेले प्रवासमा बसेको हर समुदायको आफ्नो कला सस्कार सस्कृतिलाइ जगेर्न गर्नुपर्ने बताए।

त्यस्तै तामाङ समाज युकेका अध्यक्ष कुमार स्याङ्तनले विश्वको जुनसुकै स्थानमा भएपनि आफ्नो सस्कृति पहिचानसहितको सम्रक्षन गर्नुपर्ने बताए ।कार्यक्रमको सभापतित्व स्कटल्यण्ड ल्होछार आयोजना समितिका संयोजक मेख थोकर लामाले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *