कविता

प्रेम दिवस

चाहना पुरी
२ फागुन २०८१ ७:४६
84
Shares

अटूट विश्वासले
जोडिएको प्रेममा
गुलाफ फूलको
कुनै महत्त्व हुन्छ र प्रिय?

तिमी बागमा फुलेको
सुकोमल गुलाफसँग
के प्रेमको भिक्षा माग्छौ?

आउ बरु
आज भ्यालेनटाइन्स-डे
एउटा गुलाफको विरुवा रोपेर
रातो प्रेम संकल्प गरौं।

जुन प्रेम
अमर होस्
अजय होस्
हर जनमको होस्
हर युगको होस्

र
त्यो प्रेम
प्राप्तिको अभिलाषा भन्दा पर आनन्दमय होस्
हरेक दिनहरुमा फुलिरहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *