युक्रेन र रुसका दुर्लभ खनिजहरूमा अमेरिकालाई पहुँच दिन पुटिन तयार
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको दुर्लभ खनिज पदार्थमा अमेरिकालाई पहुँच प्रदान गर्न तयार रहेको बताएका छन्। यसमा रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू पनि समावेश छन्।
पुटिनको यो बयान यस्तो समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निरन्तर आमेरिकाले दिएको समर्थनको बदलामा युक्रेनले हामीसँग खनिजको सम्बन्धमा सम्झौता गर्नुपर्छ भनिरहेका छन् ।
पुटिनले अन्तर्वार्तामा भनेअनुसार उनी संयुक्त परियोजनाहरूमा अमेरिकी साझेदारहरूलाई प्रस्ताव गर्न तयार छन्। यसमा फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेदेखि रूसले कब्जा गरेका क्षेत्रहरू पनि समावेश छन्।
वास्तवमा युद्ध पछि रूसले पूर्वी युक्रेनका धेरै भागहरू कब्जा गरेको छ। पुटिनले भने ‘युक्रेन र अमेरिका बीच खनिज सम्बन्धी सम्भावित सम्झौता चिन्ताको विषय होइन।’







डिसी नेपाल







Facebook Comment