जापानमा नेपाली युवतीद्धारा आत्महत्या
सांकेतिक तस्बिर
टोकियो, जापान । जापानको राजधानी टोकियो स्थित कामतामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन्। नेपालको नुवाकोट स्थायी घर भएकी लक्ष्मी तामाङ नाम गरेकी नेपाली किशोरीले गएराती आत्महत्या गरेकी हुन् ।
विद्यार्थी भिषामा रहेकी उनका श्रीमान् नेपालमै रहेका छन् । आत्महत्याको कारण थाहा हुन नसके पनि निकटका व्यक्तिहरुका अनुसार पारिवारिक असमझदारीका कारण उनी केही समययता मानसिक रुपमा दबाव र समस्यामा रहँदै आएकी थिईन्।
लक्ष्मी कामतामा ज्ञानी नामाको परिवारसँगै बस्दै आएकी थिइन्। उनले गएराती १० बजेको समयमा आत्महत्या गरेको बताईएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment