कोठा भाडा तिर्न नसकेपछि मासिक ९०० रूपैयाँमा बाथरूम भाडामा लिएर बस्छिन् युवती

डिसी नेपाल
२२ चैत २०८१ ११:४२
40.7k
Shares

काठमाडौं । मानिसहरूका धेरै बाध्यताहरू हुन्छन् । यस्तै बाध्यताका कारण चीनमा एउटी युवती आफ्नो कार्यस्थलको बाथरूममा बस्छिन्। यसका लागि उनी आफ्नो मालिकलाई भाडा पनि तिर्छिन्।

१८ वर्षीया याङ (नाम परिवर्तन गरिएको) एउटा फर्निचर पसलमा काम गर्छिन् र उनको हाकिमले उनलाई मासिक ५० युआन अर्थात ९०० रूपैयाँमा बाथरूम भाडामा दिएका छन्। याङले भाडाको रूपमा बिजुली र पानीको बिलको रकम मात्र तिर्नु पर्छ।

याङ पहिले आफ्नो हाकिमको घरमा बस्थिन्। तर त्यहाँ ढोका नभएकोले त्यहाँ सुत्न सहज नभएको उनले बताइन्। उनका अनुसार उनी बाथरूममा सुत्न रुचाउँछिन्। याङले हाल प्रति महिना लगभग २७०० युआन कमाउँछिन् ।

उनी अतिरिक्त केही खर्च गर्दिनन् सबै कुरा बचत गर्छिन्। याङले सामाजिक सञ्जाल प्लेटफर्म डुयिनमा बाथरूममा आफ्नो दैनिक जीवनको भिडियो बनाएर पोस्ट गर्छिन्। यहाँ पनि उनका १६ हजार फलोअर्स छन्।

उनी शौचालयमा खाना पकाउँछिन् र खान्छिन्। सुत्दा कुनै गन्ध नआओस् भनेर बाथरूम क्षेत्र सधैं राम्ररी सफा गर्छिन्। फर्निचर पसल सञ्चालनमा भएको दिनमा याङले ग्राहक र कर्मचारीहरूले शौचालय प्रयोग गर्न सकून् भनेर आफ्ना सबै सामानहरू प्याक गर्छिन्।

उनका अनुसार ग्राहकहरूलाई बाथरूममा व्यक्तिगत सामानहरू देख्दा अप्ठ्यारो लाग्छ, तर उनीहरूले कुनै प्रश्न सोध्दैनन्। याङले भनिन् एक दिन घर वा कार किन्न पर्याप्त पैसा बचत गर्ने आशा गरेकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *