अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए
अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन्।
देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरु मारिएको अधिकारीहरुले सोमबार जनाएका छन्।
सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले सुरक्षाकर्मीहरुको तर्फबाट हवाई तथा स्थलगत कारवाही अभियान चलाइएको थियो।
चारबोलाक र शोल्गारा जिल्लामा आइतबारदेखि भएको आक्रमणमा परी अरु केही लडाकू घाइते पनि भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment