पहलगाममा ठूलो आतंकवादी आक्रमणपछि फेरि बारामूलामा आक्रमण, २ जनाको मृत्यु
काठमाडौं । जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २८ जनाको मृत्यु भएको घटनाको २४ घण्टा बित्न नपाउँदै फेरि जम्मु कश्मीरकै बारामूलामा पनि आतंकवादीहरूले घुसपैठ गरेका छन् ।
बारामुल्ला जिल्लामा नियन्त्रण रेखा नजिकै घुसपैठको प्रयासको क्रममा गरिएको कारबाहीमा दुई आतङ्ककारी मारिएको भारतीय सेनाले बुधबार जनाएको छ। भारतीय सेनाको चिनार कोर्प्सले आफ्नो एक्स अकाउन्ट मार्फत यस मुठभेडको बारेमा जानकारी दिएको थियो।
उसले लेखेको छ, “सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड भयो जसमा दुई आतंककारीहरू मारिए। सुरक्षा बलहरूले घुसपैठको प्रयासलाई विफल पारेका छन्। यस अपरेशनको क्रममा, आतंककारीहरूबाट ठूलो मात्रामा हतियार, गोली र अन्य चीजहरू बरामद गरिएको छ।”
यसअघि, चिनार कोर्प्सले बारामुल्लाको उरी नाल्लाको सरजीवन क्षेत्रबाट घुसपैठको बारेमा जानकारी प्राप्त भएको बताएको थियो।
मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणपछि आतंककारी र सेनाबीचको यो पछिल्लो भिडन्त हो। यस आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment