कश्मीरमा आतंकवादी आक्रमण अझै जारी, उधमपुरमा सैनिक मारिए

डिसी नेपाल
११ वैशाख २०८२ ११:३८
13.4k
Shares

काठमाडौं । जम्मू कश्मीरको उधमपुरमा बिहीबार सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भइरहेको छ। यस भिडन्तमा एक सेनाका जवान मारिएका छन्।

गुप्तचर जानकारीको आधारमा जम्मू कश्मीर प्रहरीले आज उधमपुरको बसन्तगढमा संयुक्त अपरेशन सुरु गर्यो। दुवै तर्फबाट भारी गोलीबारी भइरहेको छ। यो भिडन्त उधमपुरको दुडुमा भइरहेको छ। सुरक्षा बलले आतंककारीहरूलाई घेरेको छ।

पहलगाम आतंकवादी हमला पछि जम्मू कश्मीरमा सुरक्षा बल र आतंककारीहरू बीचको यो तेस्रो मुठभेड हो। यसअघि कश्मीरको कुलगाममा सुरक्षाबल र आतंककारीबीच मुठभेड भएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *