ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ
ब्रासिलिया। ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको संघीय प्रहरी स्रोतले जानकारी दिएको छ।
ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो जसका कारण उनले कार्यकालको आधा समयमा राजीनामा दिन बाध्य हुनुपरेको थियो।
अदालतमार्फत् पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई बिहीबार अदालतले अस्वीकार गरेको थियो ।
अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment