क्रिमिया रूसलाई सुम्पिन युक्रेन तयार भएको हो ? ट्रम्पको दाबीको अर्थ के हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा क्रिमिया रूसलाई सुम्पन इच्छुक रहेको’ आफूले विश्वास गरेको बताएका छन्।’
ट्रम्पलाई सोधिएको थियो ‘के युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भन्ने उनलाई लाग्छ ? जुन रूसले २०१४ मा अवैध रूपमा कब्जा गरेको थियो।’
यसको जवाफमा ट्रम्पले भने, “मलाई त्यस्तै लाग्छ।” ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न “गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्न” पनि आह्वान गरे।
ट्रम्प यो दुई हप्ता भित्र हासिल गर्न सकिन्छ भन्ने विश्वास गर्छन् । भ्याटिकनबाट फर्केपछि ट्रम्पले पत्रकारहरूलाई यो कुरा बताए।
पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए। ट्रम्पले बैठक राम्रो भएको र क्रिमियाको बारेमा धेरै छोटो छलफल भएको बताए।
ट्रम्पको हालैको टिप्पणीमा युक्रेन र रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment