जेफ्री एप्स्टिनविरुद्ध आरोप लगाउने महिलाद्वारा अदालतमा बयान

डिसी नेपाल
११ भदौ २०७६ १०:२७

काठमाडौँ । धनाढ्य व्यापारी एवं लगानीकर्ता जेफ्री एप्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने एकजना महिलाले आफू १७ वर्ष हुँदा राजकुमार एन्ड्रुसँग यौन सम्बन्ध राख्न बाध्य पारिएको विषयमा पूर्ण रूपमा इमान्दार हुन आग्रह गरेकी छन्।

एप्स्टिनको मृत्युपछि भएको सुनुवाइपछि बोल्दै पीडितहरू मध्येकी एक भर्जिनिया जुफ्रीले – उनले के गरेका थिए भन्ने उनैलाई थाहा भएको बताइन्।ड्यूक अफ योर्कले चाहिँ आफूविरुद्धका आरोपहरू यसअघि अस्वीकार गरेका थिए।

आत्महत्या

मृत्युको अनुसन्धान गर्ने अधिकारी कोरोनरले एप्स्टिनले यो महिना थुनामै रहेका बेला आत्महत्या गरेको बताएका छन्। उनीविरुद्ध षडयन्त्र गरेको र यौन तस्करी गरेको मुद्दाको सुनुवाइ हुनै लाग्दा उनको मृत्यु भएको हो। ६६ वर्षीय धनी र शक्तिशाली व्यापारीले एकताका राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रु साथी भएको बताएका थिए। जेलको एउटा कोठामै रहेका बेला गत अगस्ट १० तारिखदेखि उनको केही प्रतिक्रिया आएको थिएन।

आक्रोश

न्यूयोर्क सहरस्थित एक अदालतमा करिब १५ जना आरोप लगाउनेहरूलाई आफूविरुद्धको दुर्व्यवहारबारे बोल्न दिइएको थियो। एप्स्टिनको मृत्युसँगै उनीविरुद्धको आपराधिक मुद्दाको सुनुवाइ बन्द भएको छ। एप्स्टिनलाई आरोप लगाउने महिलाहरूले उनले आत्महत्या गरेर दोषबाट उम्किएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

अभियोजनकर्ताहरूले भने अनुसन्धान जारी रहेको र उनीविरुद्धको अभियोगमा कुनै अरूको मिलेमतो भए तिनीहरूविरुद्ध अझै पनि मुद्दा चल्न सक्ने बताएका छन्। बीबीसी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *