छैटौं तलामा रेलिङमा उल्टा झुण्डिएर योग गरिरहेकी युवती ८० फिट तल खसिन्
मेक्सिको सिटी। मेक्सिकोको नुवो लिओनमा बस्ने २३ वर्षकी युवती एलेक्सा टेरेसस शनिबार छैटौं तलामा रेलिङमा झुण्डिएर योग गरिरहेकी थिइन् । यस क्रममा उनको खुट्टा चिप्लियो र उनी करिब ८० फिट तल खसिन् । एलेक्सालाई अस्पताल भर्ना गरियो जहाँ डाक्टरले ११ अण्टाको अपरेशनपछि उनलाई बचाए । तर, अबको ३ वर्षसम्म एलेक्सा हिँडडुल गर्न सक्ने छैनन् ।
घटनापछि एलेक्साका केही तस्वीर पनि सार्वजनिक भएका छन् । तस्वीरमा उनी बाल्कोनीको रेलिङमा उल्टा झुण्डिएको देखिएकी छिन् । डाक्टरका अनुसार एलेक्साको हात खुट्टामा कैयौं फ्याक्चर छन् । कम्मर र टाउकोमा पनि चोट छन् । यही कारण सर्जरीमा लामो समय लाग्यो । सर्जरीको क्रममा रगतको आवश्यकता परेको थियो । रगतको लागि परिवारले सामाजिक संजालको सहारा लिएर दाताहरु जुटाएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment