इतिहास पछाडि फर्काउन खोज्नेहरूलाई गतिलो जवाफ दिने प्रचण्डको चेतावनी

डिसी नेपाल
२० वैशाख २०८२ १७:०३
80
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडी फर्काउन खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने बताएका छन्।

शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थीतिबादी र प्रतिगामीहरूले इतिहासलाई पछाडी फर्काउने र प्राप्त उपलब्धिलाई खोस्ने दुस्साहत गरेको भन्दै गतिलो जवाफ दिने बताएका हुन्।

अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठूलो आन्दोलनसमेत गर्ने उनले बताए।

प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशिलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चूनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे। प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे।

उनले सामाजिक सञ्जालमा माओवादी एक नम्वरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *