पाकिस्तानको अब्दाली क्षेप्यास्त्रको परीक्षण सफल

डिसी नेपाल
२१ वैशाख २०८२ १३:०६
688
Shares

काठमाडौं । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ। यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ।

बीबीसी उर्दूका अनुसार , पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु थियो, जसमा यसको उन्नत नेभिगेसन प्रणाली पनि समावेश छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखहरूले सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन्।

जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ।

दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी र कडा बयान जारी गर्दै उचित जवाफी कारवाही गर्ने बताइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.