रूसमा युक्रेनको ठूलो ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल बन्द

डिसी नेपाल
२३ वैशाख २०८२ १०:५१
7.2k
Shares

काठमाडौं । रुसले लगातार दोस्रो रात युक्रेनले मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा भनेको छ – सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन् – कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू “विभिन्न दिशाबाट” शहर पुग्नु अघि नै नष्ट गरिएको थियो।

उनले भने – नष्ट गरिएको ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको थियो, तर कुनै हताहत भएको थिएन।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर युक्रेनी शहर खार्किभका मेयरले भने – रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *