पाकिस्तानमा भारतले गरेको आक्रमणबारे चीनले भन्यो : यो दुःखद् छ
काठमाडौं। भारतले पहलगाममा भएको आतंकवादी हमलाको बदलामा पाकिस्तानमा आक्रमण गरेको छ। उक्त आक्रमणबारे चीनले पनि प्रतिक्रिया दिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणलाई दुःखद् भनेका छन्। भारत र पाकिस्तानबीचको पछिल्लो अवस्थाबारे चीन जानकार रहेको भनिएको छ। चीनले दुवै देशलाई बृहत्त शान्ति र स्थायित्वको लागि सोच्न आग्रह गरेको छ।

आज विहानै गरिएको उक्त आक्रमणलाई भारतले ‘अप्रेशन सिन्दुर’ नाम दिएको थियो। उक्त आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो।
भारतको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा पाकिस्तानी सैन्य क्षेत्रलाई भने कुनै निशाना नबनाईएको उल्लेख गरेको छ। भारत जरैदेखि आतंकवाद उन्मुलन गर्नेतफ प्रतिबद्ध रहेको भारतीय गृहमन्त्री अमित शाहले उल्लेख गरेका छन् । अप्रेशन सिन्दुर पहलगाम हमलाको जवाफ भएको पनि शाहले जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment