देवदहमा रचना वाचन हुने

डिसी नेपाल
२६ वैशाख २०८२ २१:१४
164
Shares

रुपन्देही। देवदहमा शनिबार रचना वाचन समारोह हुने भएको छ। रमेश स्मृती कोष नेपालले प्रत्येक वर्ष समर्पण गर्दै आइरहेको ‘रमेश स्मृती सम्मान २०८१’ तथा ‘रमेश स्मृती प्रोत्साहन पुरस्कार २०८१’ समर्पण समारोह देवदह स्थित ग्रीन प्लान्ट मावीको प्रांगणमा आयोजना गरेको छ।

अनुराग साहित्य समाज नेपालको आयोजना, रमेश स्मृती कोष नेपालको संयोजन तथा उज्यालो लाल्टिन प्रतिष्ठान र युगिन साहित्य समाज देवदहको सहकार्यमा उक्त समारोह गरिएको रमेश स्मृति कोषका अध्यक्ष दिप मिलनले जानकारी दिए।

उक्त कोषको स्रष्टा छनोट समितिले रमेश स्मृती सम्मान २०८१ का लागि धनकुटाका कवि रोशन परियार र प्रोत्सान पुरस्कार २०८१ का लागि देवदहकी युवा सामाजिक अभियान्ता तथा लौमुर पौष्टिक आहारकी संचालिका समज्ञा अधिकारीलाई छनोट गरेको थियो।

रचना वाचन समारोहमा पोखरामा बसेर साहित्यिक कर्म गरिरहेका साहित्यकार रूप रसाइली ‘पुछारघरे’ र सरू लामिछानेको विशेष रचना वाचन गरिने भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *