गाँजासहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट ४ किलो ६ सय ४० ग्राम गाँजासहित भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति पक्राउ परेका हुन्।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment