सिन्धुलीमा बेवारिसे शव फेला
कमलामाई (सिन्धुली)। सिन्धुलीमा आज दिउँसो एक व्यक्तिको शव फेला परेको छ। गोलञ्जोर गाउँपालिका–७ स्थित सुनकोशी नदीमा शव फेला परेको हो।
पश्चिम दिशाबाट बग्दै आएको अवस्थामा अन्दाजी ४०/४५ वर्षका पुरुषको शव नदीमा देखिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय खुर्कोटमा खबर आएको थियो। त्यहाँबाट प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलको नेतृत्वमा खटिएको टोलीले विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोर टोलीसँगको सहकार्यमा शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
उनका अनुसार मृतक पुरुषको दाहिने हातको नाडीमा ‘NURJIT’ लेखिएको ट्याटु, दाहिने कानमा चाँदीजस्तो देखिने दुईवटा मुद्रा तथा शरीरको तल्लो भागमा नीलो रङको कट्टुमा रातो रङका तीनवटा धर्सा देखिएकोे छ।
शव फेला परेको स्थान इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ३०० मिटर उत्तरतर्फ पर्छ। हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment