माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा
काठमाडौं। प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले भिजिट भिषा प्रकरणमा संलग्न भएको आरोपमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
आज बसेको पदाधिकारी बैठकले भिजिट भिषा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने माओवादीले निष्कर्ष निकालेको हो।
बैठकमा पछि माओवादी प्रवक्ता अग्ति सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृह मन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ।’
भिजिट भिसामा विदेश पठाउनेहरुसँग रकम असुली गरेको आरोपमा अध्यागमनका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनले उक्त पैसा गृहमन्त्रीसमेतलाई बुझाउने गरेको बयान दिएपछि अहिले रमेश लेखकको चौतर्फ आलोचना भइरहेको छ।
त्यस्तै पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिए।
उनले अभियान निकै प्रभावकारी भएको र जनताको उपस्थिति र आकर्षण गुणात्मक ढंगले बढेको पार्टीको निष्कर्ष रहेको उल्लेख गरे।
बैठकले गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाद समाजवादी पार्टी र विजय सैजु नेतृत्वको नेपा राष्ट्रिय पार्टीसँग आजै एकता कार्यक्रम तय भएको सापकोटाले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment