बोलेको पुरा गरेन भने नेता र ज्योतिष उस्तैः केदार कार्की

डिसी नेपाल
१२ जेठ २०८२ १९:३५
120
Shares

इटहरी। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पुरा गर्न सक्ने नेतउत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन्। सोमबार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोलेजसरी काम नगरेको भन्दै आलोचना खेप्नुपरिरहेको बताएका हुन्।

‘नेता र ज्योतिष उस्तै हुन्। ज्योतिषले पनि बोलेको पुरा नभएमा उसको विश्वास गुम्छ। नेताको पनि उस्तै हो।’ कार्कीले भने। नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन,’ उनले थपे, ‘ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धवतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *