प्रधानमन्त्रीले लिए मौसम पूर्वानुमानबारे जानकारी

डिसी नेपाल
१३ जेठ २०८२ १८:५६
416
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका छन्।

मंगलबार काठमाडौंको बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनको मौसम पूर्वानुमान बारेमा जानकारी लिएका हुन्।

सो क्रममा विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ मनसुन अवधि हुने र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरी भाग र कर्णाली प्रदेशको पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएका थिए।

सरदरभन्दा बढी वर्षा हुने देखिएकाले यस वर्ष बाढी र पहिरोका साथै डुवानका समस्या धेरै हुने उनले बताए। उनले आफूहरूले उपलब्ध प्रविधि र स्रोत साधनको अधिकतम् प्रयोग गरी पूर्वानुमानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *