गजल

सानू थपलिया
१८ जेठ २०८२ १०:३२
24
Shares

टाढा बसेर कोही यसरी सताउने छन्
आफैं नआई आफ्ना झल्को पठाउने छन्

आफैं अगाडि आए पीडाको बाँझो चिर्न
अब पाखुराहरूले हाँसो फुलाउने छन्

गाग्रीको छेउ लोटा देखेर याद आयो
साथै हुनेहरूले रित्तो बनाउने छन्

तागत रहन्छ औधी साना कुराहरूमा
हेरे नयन कसैका दुनियाँ झुकाउने छन्

यौटा नियम छ माया गर्नेहरूको लागि
मनमा फुलाएकानै मनमा बिझाउने छन्

सोध्दै नआऊ के हो दुनियाँ भरी महंगो
दुनियाँ जिते बराबर बा मुस्कुराउने छन्

बाच्नै सकेन कोही हाँस्दै महल पसेथ्यो
त्रीपाल भित्र कोही जीवन फुलाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *