कविता: शब्दार्थमा जीवन बनाइ रहन्छु

दिनेश घिमिरे
२६ जेठ २०८२ १४:४८
828
Shares

आफ्नै शब्दहरुमा जीवन भरिरहन्छु
बिभिन्न कोणहरुबाट यसलाई सिगार्छु
आफैलाई चित्त बुझ्ने गरी अर्थ मिलाउछु
अनि शब्दार्थमा जीवन बनाई रहन्छु।

धेरै शब्दहरुमा मनका कुरा मिलाउँछु
बिभिन्न सम्बन्धहरुमा यसलाई केलाउँछु
सम्बन्धहरुलाई अनुकुल अर्थ मिलाउँछु
अनि शब्दार्थमा जीवन बनाई रहन्छु।

केही शब्दहरुले आफ्नै फाइदा खोज्छन्
बिभिन्न बहानाहरुमा सपना बेचिदिन्छु
प्रतिकूलतामा पनि सम्झौता बनाइदिन्छु
अनि शब्दार्थमा जीवन बनाई रहन्छु।

कहिले शब्दहरु आफैमा उकुसमुकुस हुन्छन्
अनगिन्ती अनुभूतीहरुले शून्यतामा धकेलिरहन्छन्
शब्दहरुका रूझानमा जीबनको बान्की मिलाउँछु
अनि यस्तै धेरै शब्दार्थमा जीवन बनाई रहन्छु।

केही शब्दहरु आफैंलाई नबिर्सिने गरी दुखाइरहन्छन्
आँशुहरुले सागरझै आफैलाई जीवनभित्र बगाईरहन्छन्
शब्दहरुको बिक्षिप्ततामा आफ्नै भाषा मिलाइरहन्छु
अनि अनुकूलताको शब्दार्थमा जीवन बनाइरहन्छु।।

केही शब्दहरु छन आँखैमा आकार बनेर बसीदिन्छन्
बिभिन्न रसरागमा जीवनको आकार देखाइरहन्छन्
यसैमा शब्दहरु अनायास अनन्त जीवन बोकिदिन्छन्
अनि आफ्नै सहजताको शब्दार्थमा जीवन बनाइरहन्छु।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *