“पूजाको फूल बनी चढाउँ आज तिमीलाई…”

हृषीकेश ढकाल
३१ जेठ २०८२ ७:१७
1.4k
Shares

फूलको माध्यमबाट फुलेर,
फूलको रूपमा फक्रेर,
ईश्वर आफ्ना हृदयका प्रेम पोख्तछन्, मुसुक्क हाँसेर।
र, संसारमा प्रेम फूलबाट अभिव्यक्त हुन्छ!
प्रेम फूलबाट अभिव्यक्त छ यहाँ अत: फूल प्रेमको प्रतीक हो!
फूल ईश्वरको दिव्य मुस्कानको प्रतीक हो।
अनि, गएर संसार, यो संसार मुग्धा फूलमा मुग्ध हुन्छ…
मोहिनी मुस्कान अक्सर हुन्छन् दिव्य, मोहित नहुने को होला र!

प्रेमले तान्न जान्यो, तान्नै मात्र जान्यो र फूलले पनि! फूल प्रेमको अभिव्यक्ति न हो!

प्रेम जब हुन्छ, तब पवित्र हुन्छ। जहाँ प्रेम घटित हुन्छ तब त्यहाँ चोखिन पुग्छ । फूलको उपस्थिति पवित्रताको उपस्थिती हो ! अनि समर्पणले प्रेमपूजामा हुन्छ अर्पण, फूल पवित्रताको प्रतीक हो। प्रेमको प्रकृति नै पवित्रता न हो! पवित्र प्रवृत्ति!

प्रेम तत्त्वले अन्तर्निमित हुनाले फूल नाजुक छ। फूलमा प्रेमको रङ सामिल छ। प्रेमका अनेक रङ हुन्छन्-कोमलता प्रेमको मुख्य अंग हो, रङ हो। नाजुकता।

ज्वारभाटाहरू नाजुक प्रेमका, मुटु भित्र थामेर बाहिर मृदु मुस्कानमा फुल्ने फूल, प्रेमको एक शान्त इन्तजार हो। निष्काम इन्तजार! अस्तित्वबाट स्विकारोक्तिको खातिर इन्तजार।

भित्र हृदय भरीको अपार कोमल प्रेम बाहिर पनि फूलकै रूपमा नाजुकै फुलेर अभिव्यक्त फूल, एक मौनी इजहार हो। अनन्तलाई इजहार!
र, फुल्नुको अर्थ प्रेमको अनुभूति छ मदालस, भन्ने इकरार पनि हो। शब्दातीत इकरार! अस्तित्वबाट मौनी नै इकरार।फूल इन्तजार हो, इजहार हो र इकरार पनि हो। फूल तिनटै हो।

प्रेम हुनाले भरोसा पनि हुन्छ, फुलेको फूलबाट अभिव्यक्त प्रेम तत्त्वको जगेर्ना हुन्छ भनेर आँखा चिम्लेर निर्धक्क भई फुलिदिनु, उनको बाहुपासमा समर्पणको फुलाई फक्रिदिनु, फूल ‘ऐतबार’ पनि हो। भावातीत ‘ऐतबार’ ! फूल सबै हो।

अति सुन्दर-मेलोडीयस स्वरका धनी गायक आनन्द कार्कीको स्वर भएर सायद यही भावमा गीतकार ध्रुवरत्न तुलाधर प्रेमपूजामय त्यसै अभिव्यक्त भएका होओइनन्:

“पूजाको फूल बनी चढाउँ आज तिमीलाई
मेरो मन मन्दिरमा सजाउँ आज तिमीलाई
जीवनभर मायाँ गरौँ तेस्सरी नै तिमीलाई…

“फुलेर फूलहरूले धरती सजाउन आज
बसाउँ दुई आत्मा त्यही फूलहरूको माझ
लाग्छ मन हेरिरहुँ तेस्सरी नै तिमीलाई…

फूल न हो, प्रेम न हो, बिना थकान, अनवरत हेरिरहन मन जो लाग्ने…निरवच्छिन्न गाँठिन्छन् यी र ती नजरहरू…

Through flowers, God smiles with Love Divine…
& Love is expressed through flowers…
Yes…Through flowers…

[email protected]


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *