कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

डिसी नेपाल
११ असार २०८२ १२:४३
16
Shares

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ।

प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले बताए।

कम्पनीलाई भैरहवा कार्यालयबाट ६९८ दशमलव ४ मेट्रिक टन डीएपी मल प्राप्त हुनेछ। जसमध्ये हाल २५० मेट्रिकटन डीएपी प्राप्त भइ र वितरण सुरु भएको उनको भनाइ छ।

हाल कम्पनीसँग १८९ दशमलव १५ मेट्रिकटन डिपिए, ९७४ दशमलव ४५ मेट्रिकटन युरिया र ७६ दशमलव ५ मेट्रिकटन पोटास छ। उनका अनुसार चालु आवमा तीन हजार ८८० मेट्रिकटन डीएपी र पाँच हजार ४५३ मेट्रिकटन युरिया बिक्री तथा वितरण भइसकेको छ।

कम्पनीले युरिया प्रतिबोरा रु ९४०, डीएपी प्रतिबोर दुई हजार ३९४ र पोटास प्रतिबोरा एक हजार ७९४ का दरले सहकारीलाई बिक्री भइरहेको छ। जिल्लामा अनुदानको युरिया मल पर्याप्त भए पनि डीएपी मलको भने अभाव छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *