जिपले च्यापेर बालकको मृत्यु

डिसी नेपाल
१६ असार २०८२ २३:२८
96
Shares

त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ मा जिपले च्यापेर तीन वर्षीय बालकको मृत्यु भएको छ।

सदरमुकाम मुसिकोट खलङ्गाबाट बाँफिकोट–५ बडगाँउबाट बाँफिकोटतर्फ फर्किँदै गरेको जिपले च्यापिएर बडगाउँका तीन वर्षीय सिबाङ पुनको मृत्यु भएको हो।

बडगाँउमा रोकी राखेको रा १ ज ८१२ नम्बरको जिप चलाउने क्रममा गाडी मुनि परेर च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। चालक बाँफिकोट–४ का २२ वर्षीय विशाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *