मकवानपुरबाट १०७४ किलो गाँजासहित चार जना पक्राउ
काठमाडौं । मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
कैलाश गाउँपालिका-५ कटहरेबाट लागूऔषध गाँजा १०७४ किलोसहित चार जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले हरिबहादुर, बुद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
गोकर्ण, मानबहादुर र सोमलाल फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment