ललितपुरमा नदीजन्य विपद् व्यवस्थापनको तालिम, चारवटा डुंगा तयारी अवस्थामा

डिसी नेपाल
१७ असार २०८२ १८:०७
48
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो।

गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो।

त्यस्तै मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रश्तुत गरिएको थियो।

ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले खरिद गरेको चारवटा डुंगा प्रयोग गरेर उद्दारको तालिम प्रदान गरिएको जानकारी गराए।

उनले भने,‘हामीसँग उद्धारका लागि सबै सामग्री छ भन्ने अनुभूति गरेको थियौं। तर गत असोज ११ र १२ गतेपछि थाहा भयो कि हामीले डुंगाको व्यवस्था गर्नुपर्ने रहेछ। त्यसपछि पाँचवटा डुंगा किन्ने भनेर अघि बढेका थियौं। चार वटा डुंगा डेलिभरी भइसकेको छ। त्यही डुंगामा तालिम गराएर दिक्षित हुनु भएको छ।’

त्यस्तै उनले विपद उद्दारको लागि तालिम दिएर तयारी अवस्थामा ललितपुर महानगर रहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.