एयरपोर्टका उपभोक्ता ऐन उल्लंघन गर्ने केही संस्थालाई जरिवाना, केहीलाई निर्देशन
काठमाडौं । उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ विपरीत व्यापार सञ्चालन गरिरहेका ८ वटा उद्योग तथा फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही तथा निर्देशन दिएको छ। मंगलबार विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल तथा विभिन्न स्थानमा अनुगमन गरी आवश्यक कारबाही गरेको हो।
विभागले मनमय इन्टरप्राइजेज (ललितपुर महानगरपालिका–०८)लाई उपभोक्ता ऐन उल्लंघन गरेको ठहर गर्दै दुई लाख ८० हजार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ईजी ट्रेड (काठमाडौं महानगरपालिका–०९) लाई दुई लाख ६० हजार जरिवाना गरेको छ।
यस्तै एयरपोर्टकै टी/कफी एन्ड कन्फेक्सनरी सपलाई दुई लाख पाँच हजार जरिवाना तोकिएको छ
विमानस्थलस्थित सोल्टी होटल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, सान इन्टरप्राइजेज सर्भिसेज प्रालि र साइ किरण इन्टर प्राइजेज प्रालिलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार ती व्यवसायीहरू उपभोक्ता संरक्षण ऐनको दफा ३८ र ३९ अन्तर्गतका विभिन्न उपधाराहरू उल्लंघन गरेको पाइएको छ। ऐन अनुसार व्यवसायले उपभोक्तालाई स्वच्छ, सुरक्षित र सही मूल्यमा वस्तु तथा सेवा दिनुपर्ने कानुनी दायित्व हुन्छ।
त्यस्तै, र काठमाडौं महानगरपालिका-२५ मा रहेको प्रतिबुद्ध इन्टरप्राइजेज उपभोक्ता ऐनको सामान्य निर्देशन मात्र दिइएको छ।








डिसी नेपाल







Facebook Comment