कविता : सपनाको उडान
पाइला पाइला गन्दै
संघर्षको सिडी उक्लिँदै थिएँ
त्यही बेला टक्क आएर उभियो
चुनौतिको पहाड
रहरको थुप्रो
बाआमाको सपना
र, आफ्नै जीन्दगीको चिन्ता
यी सबै मलाई
उकालो बाटो जस्तै लागे
गन्तव्य भेट्न
माथिमाथि चढ्नु पर्ने
अघिअघि बढ्नुपर्ने
अनी मैले बोके संघर्षको झोला
र, भरे सपनाको उडान
गन्तव्य नभेटि थाक्ने छैन यात्रा
रोकिने छैनन् कदहरू
रमाउने छैन सपनामा
अल्झिने छैन गफमा
बल्झिने छैन ठेसमा
कुदि रहने छु आफ्नै रेसमा
र, भर्ने छु योजनाको झोला
No ads found for this position
प्रतिक्रिया


Facebook Comment