नेपालसँग सीमा जोडिएका देशहरूमाथि थप १० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ब्रिक्सको “अमेरिका विरोधी नीति” सँग सहमत हुने देशहरूमा थप १० प्रतिशत भन्सार कर लगाइने बताएका छन्। ब्रिक्स संगठनमा नेपालसँग सीमा जोडिएका दुवै छिमेकी भारत र चीन सदस्य छन् ।
“ब्रिक्सको अमेरिका विरोधी नीतिहरूसँग सहमत हुने कुनै पनि देशलाई थप १०% कर लाग्नेछ। यसबाट कसैलाई पनि छुट दिइने छैन,” उनले ट्रुथ सोसियलमा लेखेको पोस्टमा लेखे।
यद्यपि, ट्रम्पले आफ्नो पोस्टमा अमेरिका विरोधी नीतिहरूको बारेमा कुनै स्पष्ट वा विस्तृत जानकारी दिएका छैनन् न त उनले यसको कुनै सन्दर्भ नै दिएका छन्।
सन् २००९ मा ब्राजिल, रुस, भारत र चीन मिलेर ब्रिक्स समूह गठन भएको थियो। यसपछि दक्षिण अफ्रिका पनि यस समूहमा सामेल भएको थियो।
२०२४ मा, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि सदस्यको रूपमा समूहमा सामेल भए।







डिसी नेपाल








Facebook Comment