टेक्सासमा बाढीमा परी कम्तीमा १०७ जनाको मृत्यु, दर्जनौं अझै बेपत्ता
काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। अधिकारीहरूले राज्यभरि कम्तिमा १०७ जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएको पुष्टि गरेका छन्।
केर काउन्टीका शेरिफ ल्यारी लिथाले काउन्टीमा ८७ जनाको मृत्यु भएको बताए। जसमा ५६ वयस्क र ३१ बालबालिका समावेश छन्।
केर काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ, तर टेक्सासका अन्य काउन्टीहरूमा पनि मृत्युको रिपोर्ट गरिएको छ, जसले गर्दा राज्यको कुल मृत्यु हुनेको संख्या कम्तिमा १०७ पुगेको छ।
केही शवहरू आफन्तहरूलाई हस्तान्तरण गरिएको छ। १९ वयस्क र सात बालबालिकाको शव पहिचान हुन बाँकी छ।
यसैबीच, केरभिल प्रहरी विभागका जोनाथन ल्याम्बले सुरक्षा कारणले केही सडकहरू बन्द गरिएको बताए। उनले स्थानीयहरूलाई अनावश्यक यात्रा नगर्न सल्लाह दिएका छन्।
अधिकारीहरूले खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment