गद्य कविता: आजको वास्तविकता

भूमिका गैरे, तिमिल्सिना
२८ असार २०८२ ७:०९
28
Shares

छोरीलाई डि एसएल क्यामेरा
छोरालाई पल्सर।
बाबुआमा विदेशमा कमाउने
छोराछोरी घरमा रमाउने
बाबुआमा भविष्यको सुखको खोजमा
छोराछोरी विलासिताको मोजमा
आधुनिकताले खै के सिकायो?
देखासिकीले आज यो दिन देखायो
आमाको काखमा हुनुपर्ने छोरो
होस्टलमा आफ्नो बाल्यकाल बितायो।

आमाबाबु र सन्तान बीचको माया
विदेशी जीवनको दूरीले घटायो
आमाको मायाको अनुभवसम्म छैन सन्तानमा
अनि-अनि पैसाले सबथोक बिर्सायो।

आज समय हुन्न सन्तानका लागि
भोलि समयले साथ दिन्न हाम्रो लागि
आज बाबुआमाले होस्टल देखाउँछन्
भोलि तिनै छोराछोरीले वृद्धाश्रम देखाउँछन् ।

अनि के कमायौं हामीले के गुमायौं
अन्त्यमा जस्ताको तस्तै भयौं
छोरीलाई डि एस एल क्यामेरा
छोरालाई पल्सर।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *