असम सहित तीन भारतका उत्तरपूर्वी राज्यमा बाढी, ३८०० भन्दा बढीको उद्धार
काठमाडौं । उत्तर-पूर्वी भारतमा भारी वर्षा र बाढीका कारण तीन राज्यमा अवस्था खराब छ।
भारतीय सेनाले नागाल्याण्ड, असम र मणिपुरमा बाढीबाट प्रभावित मानिसहरूलाई उद्धार गर्न व्यापक मानवीय सहयोग र विपद् राहत कार्यहरू सञ्चालन गरिरहेको छ।
असम राइफल्सको नेतृत्वमा रहेको भारतीय सेनाले उक्त क्षेत्रमा ४० वटा टुकडी तैनाथ गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार अहिलेसम्म ३,८२० जनालाई उद्धार गरिएको छ र २,०९५ जनालाई चिकित्सा सुविधा प्रदान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment